नेपाल हेल्थ न्युज, पाल्पा । स्क्रब टाइफस संक्रमणका कारण पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी एक ११ वर्षीया बालिकाको ज्यान गएको छ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार अस्मिता कुमाल नामकी ती बालिकालाई ज्वरो लगायतका लक्षण देखिएपछि उपचारका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्र, रिडी लगिएको थियो। स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि तानसेन लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
यो वर्ष मात्रै पाल्पा जिल्लामा २३८ जना व्यक्तिमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।
चिकित्सकहरूका अनुसार स्क्रब टाइफस एउटा जीवाणुजन्य रोग हो, जुन ओरिन्सिया सुसुगामासी नामक ब्याक्टेरियाले संक्रमित किर्नाको टोकाइबाट सर्छ।
यस रोगमा उच्च ज्वरो, टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी लाग्ने, वान्ता, पेट दुख्ने, पखाला हुने र आँखाको गेडी रातो हुने जस्ता लक्षण देखिन्छन्। समयमै उपचार नपाएमा मस्तिष्क, कलेजो वा फोक्सोमा समेत गम्भीर असर पुग्न सक्ने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्यकर्मीहरूले संक्रमित क्षेत्रमा सरसफाइमा विशेष ध्यान दिनुका साथै ज्वरो आएमा ढिला नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
