नेपाल हेल्थ न्युज, जनकपुर । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत दुई कर्मचारी सरुवा भइसकेको पाँच महिना पुग्न लाग्दा पनि हालसम्म पुरानो कार्यालयमै कार्यरत रहेका छन्।
स्टोर र प्रशासन शाखामा कार्यरत ती कर्मचारीहरूलाई सम्बन्धित मन्त्रालयहरूले केही महिना अघि अन्यत्र खटाउने निर्णय गरेका थिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८१ साल चैत २५ गते नारायण यादवलाई सरुवा गरेको थियो, भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बा रामबाबु यादवलाई यही २०८२ साल वैशाख २४ गते स्थानान्तरण गरेको थियो।
तर, अस्पताल स्रोतका अनुसार दुबै कर्मचारीले हालसम्म पनि नयाँ कार्यस्थलमा आफ्नो जिम्मेवारी सम्हाल्न थालेका छैनन्। गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहका अनुसार, दुबै कर्मचारी अस्पताल बाहिर गएका थिए, अहिले फर्किएपछि रमाना प्रक्रिया अघि बढाइनेछ।
स्वास्थ्य मन्त्रालयले यो प्रक्रियालाई समयमै कार्यान्वयन नभएको भन्दै २०८२ साल जेठ २८ गते विशेष निर्देशनमार्फत सरुवा कार्यान्वयन गर्न र रमाना उपलब्ध गराउन आदेशसमेत दिएको थियो। तर, आन्तरिक स्रोतका अनुसार, ती कर्मचारीहरूले आफ्नो सरुवा पत्रलाई राजनीतिक पहुँचका भरमा बेवास्ता गर्दै आएका स्रोतको भनाइ छ ।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
