नेपाल हेल्थ न्युज, वीरगन्ज । वीरगन्जमा हाल फैलिरहेको झाडापखाला र हैजाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले खानेपानीको गुणस्तर सुधारमा जोड दिएको छ। विभिन्न सार्वजनिक ठाउँहरूमा राखिएका पानीका ट्याङ्कीहरूमा पठाइने पानीलाई महानगरले क्लोरिनको झोल र ब्लिचिङ पाउडर प्रयोग गरी शुद्धीकरण गरेर मात्र वितरण गर्दै आएको छ।
महानगरका वातावरण निरीक्षक प्रकाश ऐरका अनुसार दूषित पानी पिउँदा हैजा, टाइफाइड र अन्य पेटसम्बन्धी रोगहरू फैलन सक्छन्।
“हामी ट्याङ्करमै क्लोरिन हाल्छौँ र ट्याङ्कीहरूमा ब्लिचिङ पाउडर प्रयोग गर्छौँ। शुद्धीकरण बिना पानी कुनै स्थानमा पुर्याइँदैन,” उहाँले बताउनुभयो।
ब्लिचिङ पाउडरलाई पानी शुद्धीकरणको प्रभावकारी माध्यम मानिन्छ, किनभने यसले पानीमा क्लोरिन मिलाएर रोगजन्य जीवाणुहरूलाई समाप्त गर्छ। यसरी उपचार गरिएको पानी दीर्घकालीन रूपमा सुरक्षित रहन्छ।
महानगर प्रमुख राजेशमान सिंहले नागरिकलाई घरमा पनि पानी उमालेर पिउन र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। “हामी खानेपानी शुद्ध राख्न सबै उपाय अपनाउँदै छौं, तर जनताले पनि आफ्नो सुरक्षामा सतर्क रहनु आवश्यक छ। अस्वच्छ पानी कसैलाई पनि वितरण गरिँदैन,” उहाँको भनाइ छ।
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
आइतबार, असार ७, २०८३
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
