नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले १९ वर्षमुनिका बालबालिकामा देखिने क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि र स्वास्थ्य सामग्रीको पैठारीमा पूर्ण भन्सार महसुल छुट दिने निर्णय गरेको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई युनिसेफ अन्तर्गतको जिपीएसिसिएम परियोजना कोषबाट निःशुल्क प्राप्त हुने अमेरिकी डलर ३ हजार ५१.६७ (झन्डै ४ लाख रुपैयाँ) र युरो ७९ हजार ८१३.६० (झन्डै १ करोड १३ लाख रुपैयाँ) बराबरको स्वास्थ्य सामग्रीको आयातमा उक्त छुट प्रदान गरिएको हो।
सरकारको यस निर्णयले क्यान्सर पीडित बालबालिकाको उपचारमा लाग्ने लागत घटाउने र समयमै औषधि उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
