नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले १९ वर्षमुनिका बालबालिकामा देखिने क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि र स्वास्थ्य सामग्रीको पैठारीमा पूर्ण भन्सार महसुल छुट दिने निर्णय गरेको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई युनिसेफ अन्तर्गतको जिपीएसिसिएम परियोजना कोषबाट निःशुल्क प्राप्त हुने अमेरिकी डलर ३ हजार ५१.६७ (झन्डै ४ लाख रुपैयाँ) र युरो ७९ हजार ८१३.६० (झन्डै १ करोड १३ लाख रुपैयाँ) बराबरको स्वास्थ्य सामग्रीको आयातमा उक्त छुट प्रदान गरिएको हो।
सरकारको यस निर्णयले क्यान्सर पीडित बालबालिकाको उपचारमा लाग्ने लागत घटाउने र समयमै औषधि उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
