नेपाल हेल्थ न्युज, चितवन । चितवनको प्रमुख सरकारी स्वास्थ्य संस्था भरतपुर अस्पतालले स्वास्थ्य बिमा योजनामार्फत् पाउनुपर्ने रकम १ अर्ब रुपैयाँ नाघिसकेको छ। समयमै भुक्तानी नआएकाले अस्पतालको दैनिकी प्रभावित हुन थालेको अस्पताल प्रशासनले जनाएको छ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत संघीय सरकारले संचालन गर्ने यो अस्पतालमा आउने बिरामीमध्ये करिब ७० प्रतिशत बिमाका हुने गरेका छन्।
अस्पतालका बिमा विभाग प्रमुख लिलाधर पौडेलका अनुसार, आर्थिक वर्ष २०८०/८१ को करीब ९० करोड रुपैयाँको दाबी अझै सरकारले भुक्तानी गरेको छैन। यस्तै, चालु आर्थिक वर्षको साउन महिनाको मात्रै १० करोड रुपैयाँ बराबरको भुक्तानी बाँकी रहेको छ।
गत वर्ष अस्पतालले ४ लाख ४१ हजारभन्दा बढी बिरामीको बिमा फाइल सरकारसमक्ष पेश गरेको थियो। यद्यपि, अस्पतालले अघिल्लो वर्षको करिब ५५ करोड रुपैयाँ मात्र भुक्तानी स्वरूप पाएको थियो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेलले बिमामार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीलाई तलब दिन कठिन भएको बताउनुभयो। उहाँले भन्नुभयो, साउनको तलब बल्ल खुवाइयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन।
’ आर्थिक अभावकै कारण अस्पतालमा निर्माणाधीन ट्रमा सेन्टरको काम समेत रोकिएको छ।
अस्पताल प्रशासनले सरकारले चाँडो स्वास्थ्य बिमा अन्तर्गतका भुक्तानी उपलब्ध गराइदिए मात्र नियमित सेवा सुचारु गर्न सकिने चेतावनी दिएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
