नेपाल हेल्थ न्युज, काठमाडैं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको क्षेत्रमा नीति निर्माण, संस्थागत विकास र वित्तीय व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले विज्ञहरूको रोष्टर तयार गर्ने भएको छ।
बोर्डले बिहीबार एक सूचना जारी गर्दै स्वदेश तथा विदेशमा कार्यरत नेपाली विज्ञहरूलाई रोष्टरमा समावेश हुन आवेदन दिन आह्वान गरेको हो।
बोर्डका अनुसार स्वास्थ्य बीमा प्रणालीलाई थप सुदृढ बनाउने, संरचनात्मक सुधार गर्ने, वित्तीय दिगोपना कायम गर्ने तथा समग्र प्रणालीको प्रवर्द्धन गर्ने लक्ष्यले विज्ञहरूको ज्ञान, अनुभव र क्षमतालाई संस्थागत रूपमा उपयोग गर्न लागिएको हो।
बोर्डले ११ वटा प्रमुख विज्ञता क्षेत्र पहिचान गरेको छ, जसमा समावेश छन्ः
- स्वास्थ्य बीमा नीति निर्माण तथा कार्यान्वयन
- स्वास्थ्य वित्त व्यवस्थापन
- स्वास्थ्य बीमा सञ्चालन तथा व्यवस्थापन
- स्वास्थ्य सेवा प्रदायक भुक्तानी एवं रणनीतिक खरिद
- दाबी व्यवस्थापन
- एकचुअरियल विश्लेषण, लागत अनुमान र शुल्क निर्धारण
- स्वास्थ्य अर्थशास्त्र, वित्तीय जोखिम न्यूनीकरण तथा लगानी विश्लेषण
- डिजिटल स्वास्थ्य सूचना प्रणाली तथा एआईरएमएल
- स्वास्थ्य बीमा अध्ययन, अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन
- स्वास्थ्य बीमा सम्बन्धी कानुनी तथा नियामक व्यवस्था
- क्षमता अभिवृद्धि, तालिम तथा सञ्चार
योग्यता र आवेदन प्रक्रिया:
रोष्टरमा समावेश हुन चाहने विज्ञहरूले सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव हासिल गरेको हुनुपर्छ। साथै जनस्वास्थ्य, स्वास्थ्य अर्थशास्त्र, एकचुअरी विज्ञान, स्वास्थ्य नीति, चिकित्सा विज्ञान, सूचना प्रविधि, जनप्रशासन, कानुन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।
इच्छुक विज्ञहरूले स्वास्थ्य बीमा बोर्डको आधिकारिक वेबसाइट (www.hib.gov.np) मा रहेको विज्ञ सूची पोर्टल मार्फत वा ([email protected]) इमेल ठेगानामा आफ्नो व्यक्तिगत विवरण पठाई आवेदन दिन सक्नेछन्।
बोर्डले उक्त रोष्टरलाई नीतिगत परामर्श, रणनीतिक योजना निर्माण तथा कार्यक्रम कार्यान्वयनमा सक्रिय रूपमा प्रयोग गर्ने जनाएको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
