नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो २४ घण्टामा मधेस प्रदेशमा हैजाका ८४ जना नयाँ बिरामी भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार पर्सा लगायतका जिल्लाहरूमा संक्रमण फैलिरहेको छ।
हालसम्म प्रदेशभर १८७ जना सक्रिय बिरामी रहेका छन् भने अगस्ट ९ यता कुल ६२४ जनामा हैजा पुष्टि भइसकेको छ। तीमध्ये ४३७ जना निको भइसकेका छन्।
डा. झाका अनुसार नारायणी अस्पतालमा अहिले ६८ जना बिरामी उपचारमा छन्, जसमा ५२ जना पछिल्ला २४ घण्टामा मात्रै भर्ना भएका हुन्। यस्तै, तराई अस्पतालमा ३९ जना र वीरगन्ज हेल्थकेयर अस्पतालमा १९ जना उपचाररत छन्। एडभान्स अस्पताल, नेसनल मेडिकल कलेज लगायतका अन्य संस्थामा पनि नयाँ बिरामी भर्ना भएका छन्।
स्वास्थ्य अधिकारीहरू र स्थानीय प्रशासन हैजा नियन्त्रणमा लागिपरेका छन्। यसैबीच बारामा पहिलोपटक हैजाको सङ्क्रमण पुष्टि भएको छ। बिरामीको कलैया अस्पतालमा उपचार भइरहेको छ र विस्तृत अध्ययन सुरु गरिएको छ।
साफ पानी र सरसफाइमा ध्यान
वीरगन्ज महानगरपालिकाले ग्रामीण क्षेत्रका नालीहरूमा क्लोरिन पाउडर छर्केर संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ। हैजा तथा अन्य पानीजन्य रोगबाट जोगिनका लागि डा. झाले निम्न सुझाव दिनुभएको छः
- पानी उमालेर वा क्लोरिन हालेर मात्र पिउने।
- खानेपानी सफा र छोपिएको भाँडामा राख्ने।
- खाना राम्ररी पकाएर मात्र खाने, बासी र फोहोर खाना नखाने।
- दिसा(पिसाबपछि वा खाना खानुभन्दा अगाडि साबुन(पानीले कम्तीमा २० सेकेन्डसम्म हात धुने।
- शौचालयको प्रयोग अनिवार्य गर्ने र बालबालिकाको दिसा पनि त्यहीँ फाल्ने।
- झाडापखाला वा हैजाका लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानु र प्रशस्त जीवनजल तथा झोलिलो खाना खाने।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
