नेपाल हेल्थ न्युज, वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीहरूसँग भेटघाट गर्नुभएको छ। उहाँले शुक्रबार बिहान अस्पतालको अवस्थाबारे जानकारी लिन अनुगमनसमेत गर्नुभएको हो।
भेटको क्रममा थापाले संक्रमित बिरामी र उनीहरूका परिवारलाई सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले तत्काल राहत प्याकेज घोषणा गर्नु आवश्यक रहेको समेत बताउनुभएको छ।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार, थापाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हैजाविरुद्धको खोप उपलब्ध गराउने आश्वासन पनि दिनुभएको छ। साथै, नारायणी अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ। पर्सा जिल्लामा हालसम्म १५२ जनामा हैजा पुष्टि भएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
