नेपाल हेल्थ न्युज, वीरगञ्ज । गृहमन्त्री रमेश लेखक शनिबार साँझ पर्साको वीरगञ्ज पुगेपछि त्यहाँका विभिन्न अस्पतालमा हैजाका बिरामीको अवस्था र उपचारको जानकारी लिनुभएको छ। उहाँले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालको अवलोकन गर्नुभएको हो।
हैजा फैलिएको स्थितिमा नियन्त्रणका लागि सरकारले गम्भीर रुपमा चासो लिएको भन्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट आवश्यक स्वास्थ्यकर्मी तथा जनशक्ति खटाइने जानकारी दिनुभयो।
उहाँले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार मेडिकल फिल्डमा तालिम प्राप्त सुरक्षाकर्मीहरू तुरुन्तै प्रभावित क्षेत्रमा पठाइने बताउनुभयो।
जनताको ज्यान जोगाउन कुनै पनि किसिमको ढिलाइ हुँदैन। अस्पतालले माग गरेअनुसार आवश्यक औषधि, उपकरण तथा चिकित्सक टोली तत्काल पठाइनेछ, उहाँले भन्नुभयो।
गृहमन्त्री लेखकले महामारीको मूल कारण पत्ता लगाएर नियन्त्रण गर्ने दिशामा सरकार सक्रिय रहेको पनि स्पष्ट पार्नुभयो। यस्तै, संक्रमणको वास्तविक अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका चिकित्सकलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
