नेपाल हेल्थ न्युज, काठमाडैं । गण्डकी प्रदेश सरकारले आइतबार पारित गरेको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) अनुसार फेरि पनि स्वास्थ्य क्षेत्रमै सबैभन्दा धेरै दरबन्दी कटौती गरेको छ।
यसपटक ७७ जना स्वास्थ्यकर्मीको दरबन्दी खारेज गरिएको हो, जबकि यसअघि साउन २६ मा पनि स्वास्थ्य क्षेत्रमै ५७ दरबन्दी हटाइएको थियो।
कुल मिलाएर प्रदेश सरकारले हालसम्म स्वास्थ्य क्षेत्रबाट मात्रै १३४ कर्मचारी दरबन्दी कटौती गरिसकेको छ।
प्रदेश सरकारले यो निर्णय खर्च कटौती र प्रणाली चुस्त बनाउने नाममा लिएको भए पनि स्वास्थ्य सेवा प्रभावित हुने भन्दै आलोचना सुरु भएको छ।
विशेषगरी ग्रामीण क्षेत्रका स्वास्थ्य सेवा केन्द्रहरूमा जनशक्ति अभाव बढ्ने चिन्ता स्वास्थ्यकर्मीहरू र स्थानीय तहबाट सार्वजनिक भएको छ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
