नेपाल हेल्थ न्यज, चितवन । भरतपुर जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामीमध्ये ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता एक हजार ८०१ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो।
किट नियन्त्रक राम केसीका अनुसार स्क्रब टाइफस सङ्क्रमित बिरामीहरू चितवनका विभिन्न स्थानीय तहमा रहेका छन्। भरतपुर महानगरपालिकाका ३ जना, खैरहनी नगरपालिकाका १७ जना, माडी नगरपालिकाका १ जना, त्ननगर नगरपालिकाका २४ जना, राप्तीका ७ जना, कालिका नगरपालिकाका १२ जना र इच्छाकामना गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको छ। बाँकी २२ जना संक्रमित चितवन बाहिरका हुन्।
केसीका अनुसार स्क्रब टाइफस मुसाको कान वा अन्य साना जीवजन्तुमा हुने सङ्क्रमित किर्नाबाट मानिसमा सर्ने गर्छ।
रोग लागेपछि बिरामीमा उच्च ज्वरो, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ, पखाला, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, छालामा दाग देखिने लगायतका लक्षण देखा पर्छन्।
रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउन, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्न, घर वरिपरिका घाँस फाल्न र वातावरण सफा राख्न केसीले आग्रह गरेका छन्। साथै, कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जाँच गराउन उहाँले सुझाव दिनुभएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
