नेपाल हेल्थ न्युज, सुर्खेत। कर्णाली प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको ठूलो संख्यामा सरुवा गरेको छ। मन्त्रालयले हालै गरेको निर्णय अनुसार ६९ जना कर्मचारीको सरुवा गरिएको हो, जसमा स्वास्थ्य तथा शिक्षा क्षेत्रका कर्मचारी बढी प्रभावित भएका छन्।
सरुवा भएका कर्मचारीहरूमा मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत, स्वास्थ्य सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर, फर्मासिस्ट, आयुर्वेद कविराज लगायतका पद समावेश छन्।
विशेषगरी दूरदराजका जिल्ला कालीकोट, जाजरकोट, रुकुम पश्चिम, मुगु, डोल्पा, हुम्ला, दैलेख र सल्यानबाट कर्मचारीहरूलाई प्रदेश अस्पताल, सुर्खेतमा सरुवा गरिएको छ।
डा. महेश चौलागाईं र डा. भीष्मप्रसाद पोखरेल जस्ता मेडिकल अधिकृतहरूलाई प्रदेश अस्पताल, सुर्खेतमा ल्याइएको छ। यस्तै, टीकाराम जैसी, जनस्वास्थ्य अधिकृत (पदनाम) सातौँ, हाल स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतमा कामकाज गरिरहेकालाई प्रदेश अस्पताल, सुर्खेतमा सरुवा गरिएको छ। उहाँको कैफियतमा ‘फाजिल व्यवस्थापन’ उल्लेख गरिएको छ।
केही नर्सिङ स्टाफहरूलाई पनि विभिन्न जिल्लाबाट सरुवा गरी प्रदेश अस्पताल सुर्खेत तथा अन्य जिल्लाका स्वास्थ्य कार्यालयहरूमा पठाइएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३
गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३


