नेपाल हेल्थ न्युज, वीरगन्ज । वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको संक्रमण बिस्तारै नियन्त्रणमा आउँदै गएको छ। उपचारपछि घर फर्किने बिरामीहरूको संख्या बढ्दै गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
पर्सा स्वास्थ्य कार्यालयका अनुसार, मंगलबार बेलुकासम्म ९३४ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएका थिए, जसमध्ये ८६२ जना निको भएर घर फर्किसकेका छन्। बाँकी ७२ जना अझै उपचाररत छन्।
हैजाको संक्रमण पुष्टि भएका १९३ जनामध्ये १८२ जना घर फर्किएका छन् भने ११ जनाको उपचार जारी छ। यो प्रकोप २८ साउनदेखि सुरु भएको हो, जब बिरामीहरू छिटफुट रूपमा देखिन थालेका थिए। तर पछिल्लो सातादेखि संक्रमणको दर तीव्र भएको छ। हैजाको वास्तविक स्रोत भने अझै पत्ता लाग्न सकेको छैन।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
