नेपाल हेल्थ न्युज, वीरगन्ज । वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको संक्रमण बिस्तारै नियन्त्रणमा आउँदै गएको छ। उपचारपछि घर फर्किने बिरामीहरूको संख्या बढ्दै गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
पर्सा स्वास्थ्य कार्यालयका अनुसार, मंगलबार बेलुकासम्म ९३४ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएका थिए, जसमध्ये ८६२ जना निको भएर घर फर्किसकेका छन्। बाँकी ७२ जना अझै उपचाररत छन्।
हैजाको संक्रमण पुष्टि भएका १९३ जनामध्ये १८२ जना घर फर्किएका छन् भने ११ जनाको उपचार जारी छ। यो प्रकोप २८ साउनदेखि सुरु भएको हो, जब बिरामीहरू छिटफुट रूपमा देखिन थालेका थिए। तर पछिल्लो सातादेखि संक्रमणको दर तीव्र भएको छ। हैजाको वास्तविक स्रोत भने अझै पत्ता लाग्न सकेको छैन।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
