नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालमा गएको साउन महिनामा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये झण्डै ८९ प्रतिशतले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा लिएका छन्। यसले देखाउँछ कि ज्येष्ठ नागरिकहरूको उपचारको मुख्य आधार बिमा कार्यक्रम बन्दै गएको छ।
नेपाल सरकारको नीति अनुसार ७० वर्ष माथिका नागरिकको स्वास्थ्य बिमा निःशुल्क गरिन्छ। एकपटक बिमा गरेपछि त्यसको नवीकरण गर्न आवश्यक पर्दैन, जसले गर्दा उनीहरू निरन्तर निःशुल्क उपचार सुविधा लिन सक्षम छन्। बिमा गर्नका लागि नागरिकता प्रमाणपत्र र एउटा फोटो आवश्यक पर्छ, र प्रिमियम शुल्क तिर्नु पर्दैन।
भरतपुर अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलका अनुसार, साउन महिनामा ८० वर्षभन्दा माथिका नागरिकहरूले एक हजार ९८२ पटक सेवा लिएका थिए, जसमध्ये एक हजार ७७६ पटक (८९%) बिमाबाट सेवा लिइएको थियो। त्यस्तै ६० देखि ७९ वर्ष उमेर समूहका नागरिकहरूले ११ हजार ९२७ पटक सेवा लिएका थिए, जसमा ८६ प्रतिशतले बिमा प्रयोग गरेका थिए।
पौडेलका अनुसार, बिमाबाट उपचार लिने ज्येष्ठ नागरिकहरूमा मधुमेह, उच्च रक्तचाप, प्रोष्टेड, थाइराइड र दमजस्ता दीर्घ रोगहरू प्रमुख छन्। अस्पतालले साउन महिनामै ६० हजारभन्दा बढी पटक बिमामार्फत सेवा प्रदान गरेको छ।
स्वास्थ्य बिमा नजोडिएका ज्येष्ठ नागरिकहरूलाई समेत बिमा प्रणालीमा समावेश गरिनु आवश्यक रहेको पौडेल बताउँनुहुन्छ। यसले विपन्न वर्गलाई समेत सहज उपचार सेवा उपलब्ध गराएको छ।
९३ वर्षीय प्रेमनाथ सिग्देलका छोरा हरिप्रसाद सिग्देलले हरेक महिना बुबाको औषधि बिमा मार्फत लिँदै आएका छन्। उनले भने, “बिमाले धेरै सहज बनाइदिएको छ, औषधि किन्न पैसा नहुँदा पनि उपचार रोकिँदैन।” सिग्देलका अनुसार बुबाले मासिक झण्डै रु ७,००० बराबरको औषधि प्रयोग गर्नुहुन्छ।
यस्तै, भरतपुर–५ की ७२ वर्षीया केशवती दवाडीका श्रीमान् औषधि लिन लाइनमा थिए। उनले पनि बिमाको कार्ड देखाउँदै, “हरेकपटक म आउँछु औषधि लिन,” भने। सरकारले ज्येष्ठ नागरिकलाई बिमा र मासिक भत्ताजस्ता सुविधा दिँदा उनीहरू अधिक लाभान्वित भएको देखिन्छ।
ज्येष्ठ नागरिकको संख्या बढेसँगै अस्पतालले विशेष जेरियाट्रिक ओपीडी सेवा सुरु गरेको छ। डा। प्रतीक न्यौपानेका अनुसार, भदौ १५ गतेदेखि छुट्टै बहिरङ्ग सेवा सुरु गरिएको हो, ताकि ज्येष्ठ नागरिकलाई लामो समय पर्खिन नपरोस्। साथै, अस्पतालमा १६ श्ययाको विशेष ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालनमा छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
