नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो एक साताको अवधिमा देशभर २६६ जनामा डेंगी संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का अनुसार हालसम्म ७४ जिल्लामा डेंगी फैलिएको पुष्टि भएको छ।
महाशाखाका अनुसार चालु वर्षको पुस महिनादेखि हालसम्म डेंगी संक्रमितको कुल संख्या ३ हजार ८ सय ७२ पुगेको छ । त्यसैगरी, बागमतीमा ८ सय ११, लुम्बिनीमा ६ सय ८६, कोशीमा ६ सय ४७ सुदूरपश्चिममा ४ सय ४७, कर्णालीमा १ सय ५५ र मधेशमा ७७ जनामा डेंगी पुष्टि भएको छ ।
पछिल्ला २४ घण्टामा १७ नयाँ संक्रमित थपिएका छन् भने हालसम्म दुई जनाको डेंगीका कारण मृत्यु भइसकेको छ। डेंगी रोग मुख्यतया संक्रमित पोथी एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ। नेपालमा यो रोग पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको हो।
डेंगीबाट बच्नका लागि लामखुट्टे टोकाइबाट जोगिनुपर्छ। झुल प्रयोग गर्ने, बिहान–साँझ पूरै शरीर ढाक्ने कपडा लगाउने, घर वरपर पानी जम्न नदिने, प्रयोग नभएका टायर, बोतल, ड्रम आदिको सफाइ गर्नेजस्ता सावधानी अपनाएर डेंगीको जोखिम कम गर्न सकिन्छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
