नेपाल हेल्थ न्युज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘जेन जी’ युवाहरुले आह्वान गरेको प्रदर्शनमा सहभागी हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आन्दोलनमा प्रत्यक्ष सहभागी हुने जनाएका हुन्।
गत वर्ष चैत १५ गते काठमाडौंमा राजतन्त्र पक्षमा गरिएको प्रदर्शनमा संलग्न भएर चर्चा कमाएका प्रसाईंमाथि अहिले पनि कानुनी प्रक्रिया चलिरहेको छ। हाल उनी धरौटीमा रिहा छन्। त्यसबेला सरकारले प्रदर्शनमा हस्तक्षेप गरेको थियो।
यसपटक उनले आन्दोलन शान्तिपूर्ण होस् भन्ने अपेक्षा राखेका छन्। देश र जनताको पक्षमा भइरहेको आवाजमा म पनि सहभागी हुनेछु, उनको भनाइ छ।
यता, धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उनलाई सो आन्दोलनमा सहभागी नहुन सुझाव दिएका छन्। जेनजी समूहले भोलि सोमबारका लागि प्रदर्शनको तयारी गर्दै सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरिरहेको छ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
