नेपाल हेल्थ न्युज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘जेन जी’ युवाहरुले आह्वान गरेको प्रदर्शनमा सहभागी हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आन्दोलनमा प्रत्यक्ष सहभागी हुने जनाएका हुन्।
गत वर्ष चैत १५ गते काठमाडौंमा राजतन्त्र पक्षमा गरिएको प्रदर्शनमा संलग्न भएर चर्चा कमाएका प्रसाईंमाथि अहिले पनि कानुनी प्रक्रिया चलिरहेको छ। हाल उनी धरौटीमा रिहा छन्। त्यसबेला सरकारले प्रदर्शनमा हस्तक्षेप गरेको थियो।
यसपटक उनले आन्दोलन शान्तिपूर्ण होस् भन्ने अपेक्षा राखेका छन्। देश र जनताको पक्षमा भइरहेको आवाजमा म पनि सहभागी हुनेछु, उनको भनाइ छ।
यता, धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उनलाई सो आन्दोलनमा सहभागी नहुन सुझाव दिएका छन्। जेनजी समूहले भोलि सोमबारका लागि प्रदर्शनको तयारी गर्दै सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरिरहेको छ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
