नेपाल हेल्थ न्युज, पर्सा । पर्सा जिल्लामा पछिल्लो केही सातादेखि देखिएको हैजा संक्रमणको अवस्थालाई हेर्दा वीरगन्जमा संक्रमण स्थिर देखिएको छ भने पोखरियामा भने क्रमशः नयाँ बिरामी थपिँदै गएका छन्।
पोखरिया अस्पतालमा पछिल्लो २४ घण्टामा थप २ जना हैजा संक्रमित भर्ना भएका छन्। यससँगै सो अस्पतालमा उपचाररत बिरामीको संख्या १६ पुगेको छ।
वीरगन्जमा भने पछिल्लो एक दिनमा कुनै पनि नयाँ हैजा संक्रमित फेला परेका छैनन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वीरगन्जमा हालसम्म कुल १ सय ९२ जनामा हैजा संक्रमण पुष्टि भएको छ र यो संख्या पछिल्ला दिनहरूमै स्थिर रहेको छ।
हालसम्म वीरगन्ज र पोखरियालाई समेट्दा कुल संक्रमितको संख्या २ सय ८ पुगेको छ। तीमध्ये १ सय ९८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १० जना अझै उपचाररत छन्।
स्वास्थ्य संस्थाहरूमा हालसम्म झाडापखाला र हैजाका कारण १ हजार १ सय १६ जना बिरामी भर्ना भएका थिए, जसमा १ हजार ३७ जना उपचारपछि घर फर्किसकेका छन्। बाँकी ७९ जना अझै उपचारमा छन्, जसमध्ये ५ जना आईसीयूमा, १ जना एचडीयूमा र ७३ जना जनरल वार्डमा छन्।
पछिल्लो २४ घण्टामा मात्रै झाडापखाला तथा हैजाका ३९ जना नयाँ बिरामी अस्पताल पुगेका छन्। स्वास्थ्य अधिकारीहरूले सुरक्षित खानेपानी, सरसफाइ र नियमित हातधुन सल्लाह दिएका छन्। संक्रमण थप फैलिन नदिन सचेत रहन आग्रह गरिएको छ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
