नेपाल हेल्थ न्युज, भक्तपुर । नेपालमा दिनप्रतिदिन जटिल बन्दै गइरहेको औषधि प्रतिरोधी क्षयरोगको चुनौतीलाई समाधान गर्न भक्तपुर अस्पतालमा विशेष उपचार केन्द्र स्थापना गरिएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र भक्तपुर अस्पतालबीच भाद्र २२ गते एक औपचारिक कार्यक्रममार्फत सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
विश्व स्वास्थ्य संगठनका अनुसार औषधि प्रतिरोधी क्षयरोगका कारण धेरै मानिसको ज्यान जाने मुलुकहरूमध्ये नेपाल पनि एक हो। यस समस्यालाई समाधान गर्न सरकारले बी–प्याल तथा बी–प्याल–एम जस्ता नयाँ उपचार विधि सुरु गरेको छ, जसले उपचार सफलताको दर बढाउनुका साथै उपचारको अवधि र खर्च कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
सम्झौताअनुसार अब भक्तपुर अस्पतालले आफ्नै अस्पतालबाट औषधि प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचार सेवा उपलब्ध गराउनेछ। यसबाट स्थानिय तहमा बिरामीहरूलाई सहज र छिटो उपचार पाउने सुविधा हुनेछ भन्ने आशा गरिएको छ।
सम्झौतापत्रमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारी र भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र प्रसाद भट्टले हस्ताक्षर गर्नुभएको थियो। सो कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रतिनिधिहरू, केन्द्रका कर्मचारी तथा अस्पतालका करिब ६० जना स्वास्थ्यकर्मीको उपस्थिति थियो।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले देशभर क्षयरोगको समयमै पहिचान, उपचारको पहुँच विस्तार, स्वास्थ्य बीमासँग जोड र आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न विभिन्न प्रयासहरू गरिरहेको छ। भक्तपुर अस्पतालमा स्थापना भएको यो नयाँ केन्द्र सोही प्रयासको एक महत्वपूर्ण पाटोको रूपमा लिइएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
