नेपाल हेल्थ न्युज, काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अन्तर्गतको मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. केशर बहादुर ढकाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उहाँलाई सो जिम्मेवारी दिनुभएको हो।
डा. ढकाल हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा कार्यरत रहनुभएको छ र उहाँले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको नेतृत्व गरिरहनु भएको छ।
उहाँ समितिको अध्यक्षमा मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश २०६८ को दफा ३, उपदफा २ (क) बमोजिम नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
सो व्यवस्थाअनुसार अध्यक्षको पदावधि ४ वर्षको रहनेछ। यसअघि समितिको अध्यक्ष रहनुभएका डा. रोशन पोखरेल अवकाशमा गएपछि उक्त पद खाली भएको थियो।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिकसम्बन्धी प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो
सोमबार, मंसिर २९, २०८२
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाइने
सोमबार, मंसिर २९, २०८२
डिस्चार्जपछि सुत्केरी महिलाको मृत्यु
सोमबार, मंसिर २९, २०८२ट्रेन्डिङ

