नेपाल हेल्थ न्युज, काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अन्तर्गतको मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. केशर बहादुर ढकाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उहाँलाई सो जिम्मेवारी दिनुभएको हो।
डा. ढकाल हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा कार्यरत रहनुभएको छ र उहाँले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको नेतृत्व गरिरहनु भएको छ।
उहाँ समितिको अध्यक्षमा मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश २०६८ को दफा ३, उपदफा २ (क) बमोजिम नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
सो व्यवस्थाअनुसार अध्यक्षको पदावधि ४ वर्षको रहनेछ। यसअघि समितिको अध्यक्ष रहनुभएका डा. रोशन पोखरेल अवकाशमा गएपछि उक्त पद खाली भएको थियो।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
