नेपाल हेल्थ न्युज, काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार अब संघीय अस्पतालमा निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरूलाई शुल्क नलाग्ने गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रालयस्तरीय बैठकपछि घाइतेलाई तत्काल प्रभावबाट निःशुल्क उपचार उपलब्ध गराउन अस्पताल प्रशासनलाई आदेश दिएका हुन्।
मन्त्री पौडेलले आन्दोलनका क्रममा घाइते भएका नागरिकलाई उपचारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो कदम चालेको बताउनुभएको छ ।
मन्त्रालयले घाइतेलाई उपचारका क्रममा एम्बुलेन्स सेवामा सहज पहुँच सुनिश्चित गर्न समेत आह्वान गरेको छ। उपत्यकाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सलाई प्रभावकारी बनाउन र अस्पतालबाट रिफर भएका बिरामीलाई अर्को अस्पतालमा समयमै पुर्याउने व्यवस्था गर्न निर्देशन दिइएको छ।
सरकारले आन्दोलनमा घाइते भएका नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राख्दै अस्पताल प्रशासन, स्वास्थ्यकर्मी र एम्बुलेन्स सञ्चालकलाई सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ। हालजसम्म १४ जनाको निधन भइसकेको छ भने दर्जनौं घाइतेको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
