नेपाल हेल्थ न्युज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा हालसम्म ७२ जनाको ज्यान गएको पुष्टि भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा बोल्दै मुख्य सचिव एकनारायण अर्यालले मृतकको संख्या सार्वजनिक गर्नुभएको हो।
उहाँका अनुसार ज्यान गुमाउनेहरूमा ५९ जना आन्दोलनमा सहभागी सर्वसाधारण, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।
यस आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी घाइते भएका छन् भने ५७ सुरक्षाकर्मी पनि चोटग्रस्त भएको जानकारी दिइएको छ।
भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरू सडकमा उत्रिएका थिए। सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भई हिंसात्मक घटना घटेका थियो। आगजनी र तोडफोडका कारण विभिन्न स्थानमा मानवीय क्षति भएको छ।
सबै मृतकको पहिचान भइसकेको छैन। घटनास्थलहरू सफा गर्ने क्रममा अझै पनि शव भेटिने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन्। चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी क्षेत्रबाट मात्र आज बिहान ६ जनाको शव फेला परेको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
