नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेन जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका धिरज श्रेष्ठका परिवारलाई भेटेका छन् ।
आन्दोलनका क्रममा ज्यान गुमाएका श्रेष्ठका परिवार निवासमा पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरे । उनले आफूले जेन जी आन्दोलनका माग पूरा गराउन सरकारमा रहँदा प्रयत्न गरेको भए पनि सफल नभए पछि राजीनामा दिएको बताए ।
नेता पौडेलले दुःखद् घटनाको निष्पक्ष छानविनका पक्षमा आफू रहेको भन्दै भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा धिरजजस्ता जेनजी युवाहरुले पाएको सहादतको मूल्यांकन हुने बताए । ‘धिरजबाबु र उनीजस्ता शहीदहरुको बलिदान खेर जान दिने छैन,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१८ वर्षीया नर्स सुनिता बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि
आइतबार, असोज ४, २०८३
स्वास्थ्य सेवामा जनशक्ति अभाव हुन नदिन मधेश सरकारले अस्थायी दरबन्दी स्वीकृत गर्ने
आइतबार, असोज ४, २०८३

