नेपाल हेल्थ न्युज, काठमाडौं । हालैको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकमध्ये ३० जनाको शवको पोष्टमार्टम प्रक्रिया सकिएको छ। तीमध्ये २७ जनाको शव आफन्तहरूले बुझिसकेका छन्। अझै १६ वटा शवको परीक्षण प्रक्रिया बाँकी रहेको फोरेन्सिक विभागले जानकारी दिएको छ।
२३ र २४ भदौका दिन प्रदर्शनकाबीच ज्यान गुमाएका ४६ जनाको शव अहिले शिक्षण अस्पताल, महाराजगञ्जको फोरेन्सिक विभागमा राखिएको छ।
विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ, बाँकी शवमध्ये ७ वटा यति धेरै जलेका छन् कि पहिचान गर्नसमेत कठिन भइरहेको छ। ती शवको पहिचानका लागि डीएनए परीक्षण आवश्यक पर्ने बताइएको छ।
चौधरीका अनुसार, सामान्य अवस्थाको शवमा मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ भने यस्ता घटनामा पहिचान नै प्रमुख उद्देश्य हुन्छ। जलेका शवको पहिचानका लागि दाँतको बनावट, शरीरमा रहेको स्टिल इम्प्लान्ट, फिङ्गरप्रिन्ट वा अन्ततः डीएनए परीक्षणको माध्यमबाट पहिचान गरिनेछ। प्रहरीको तथ्यांक अनुसार, हालसम्म देशभरि ७२ जनाले आन्दोलनका क्रममा ज्यान गुमाइसकेका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
