नेपाल हेल्थ न्युज, चितवन । चितवन जिल्लामा (जापनिज इन्सेफ्लाइटिस) का कारण हालसम्म पाँच जनाको मृत्यु भएको छ। संक्रमित १६ जनामध्ये पाँच जनाको मृत्यु भएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् ।
जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । गत आर्थिक वर्षमा जिल्लामा तीन जना संक्रमित भेटिएका थिए, जसमा एक जनाको मृत्यु भएको थियो।
यस वर्ष जापनिज इन्सेफ्लाइटिसका संक्रमितहरू भरतपुर, कालिका, राप्ती, खैरहनी र माडी नगरपालिकामा फेला परेका छन्। यो रोग विशेषगरी क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो।
यस्तो प्रकारको लामखुट्टे घरबाहिर बस्न रुचाउने र बिहान तथा साँझको समयमा बढी सक्रिय हुने गर्छ। यिनीहरूले सुँगुर, हाँसजस्ता जनावरहरूलाई टोक्दा भाइरस सर्ने सम्भावना हुन्छ। साथै, धानखेत जस्ता स्थानमा यी लामखुट्टेले अण्डा पार्ने र लार्भा विकास गराउने भएकाले जोखिम बढ्ने गरेको जनाइएको छ।
सरसफाइ, लामखुट्टे नियन्त्रण र जनचेतनामूलक कार्यक्रमहरूबाट मात्र यस रोगको प्रभाव न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३

