नेपाल हेल्थ न्युज, चितवन । चितवन जिल्लामा (जापनिज इन्सेफ्लाइटिस) का कारण हालसम्म पाँच जनाको मृत्यु भएको छ। संक्रमित १६ जनामध्ये पाँच जनाको मृत्यु भएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् ।
जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । गत आर्थिक वर्षमा जिल्लामा तीन जना संक्रमित भेटिएका थिए, जसमा एक जनाको मृत्यु भएको थियो।
यस वर्ष जापनिज इन्सेफ्लाइटिसका संक्रमितहरू भरतपुर, कालिका, राप्ती, खैरहनी र माडी नगरपालिकामा फेला परेका छन्। यो रोग विशेषगरी क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो।
यस्तो प्रकारको लामखुट्टे घरबाहिर बस्न रुचाउने र बिहान तथा साँझको समयमा बढी सक्रिय हुने गर्छ। यिनीहरूले सुँगुर, हाँसजस्ता जनावरहरूलाई टोक्दा भाइरस सर्ने सम्भावना हुन्छ। साथै, धानखेत जस्ता स्थानमा यी लामखुट्टेले अण्डा पार्ने र लार्भा विकास गराउने भएकाले जोखिम बढ्ने गरेको जनाइएको छ।
सरसफाइ, लामखुट्टे नियन्त्रण र जनचेतनामूलक कार्यक्रमहरूबाट मात्र यस रोगको प्रभाव न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
