नेपाल हेल्थ न्युज, काठमाडौं । हालैको आन्दोलनपछिको अवस्थामा निजामती कर्मचारी अस्पतालमा उपचार गराइएका ४६१ जना घाइतेहरूमध्ये ३६६ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
अस्पतालले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार, ४४ जना बिरामीलाई अवस्था जटिल भएपछि अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको थियो भने ५१ जनालाई अस्पतालमै भर्ना गरिएको थियो। तीमध्ये ४२ जना उपचारपछि घर फर्किसकेका छन्, तर ९ जना अझै उपचाररत छन्।
भर्ना भएका बिरामीमध्ये ५० जनाको शल्यक्रिया गरिएको र तीमध्ये ११ जनाको दोहोर्याएर पुनः शल्यक्रिया गर्नुपरेको पनि अस्पतालले जनाएको छ। यता, उपचारको क्रममा ६ जनाको ज्यान गएको दुःखद जानकारी अस्पतालले पुष्टि गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
