नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग विशेष भेटवार्ता गर्नुभएको छ। मंगलबार तिलगंगा आँखा अस्पतालमा पुगेर प्रधानमन्त्रीले डा. रुइतसँग सरकारमा सहभागिताबारे कुराकानी गर्नुभएको हो।
प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको र त्यसमा जिम्मेवारी सम्हाल्नु परेको उल्लेख गर्दै डा. रुइतसँग सरकारलाई सघाउन आग्रह गर्नुभएको थियो।
तर डा. रुइतले अस्पताल र बिरामीप्रतिको आफ्नो दायित्वलाई प्राथमिकता दिँदै सरकारमा प्रत्यक्ष सहभागी हुन नसक्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यहाँको जिम्मेवारी छाडेर सरकारमा जान मिल्दैन, म बिरामीलाई छाडेर जान सक्दिन।”
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. रुइतले आफू स्वास्थ्य क्षेत्रमा रहेर जनताको सेवा गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको सन्दर्भमा उहाँको नाम मन्त्रीका लागि चर्चामा आए पनि उहाँले त्यसबेला पनि आफू चिकित्सा पेशामार्फत योगदान दिन चाहेको बताउनुभएको थियो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
