नेपाल हेल्थ न्युज, काठमाडौं । हालैको आन्दोलनमा आगलागीबाट क्षतिग्रस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुनर्निर्माणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। डब्ल्यूएचओले नयाँ संरचना निर्माणमा प्राविधिक सल्लाह र आवश्यक सहयोग पुर्याउने जनाएको छ।
डब्ल्यूएचओ नेपालका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव नेतृत्वको टोलीले सोमबार मन्त्रालयको निरीक्षण गरेको थियो। निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै डा. पाण्डवले, “मन्त्रालयसँग छलफल भइरहेको छ, हामीले गर्नुपर्ने सहयोग अवश्य गर्नेछौं,” बताउनुभएको थियो।
यसअघि पनि डब्ल्यूएचओले जेन-जी आन्दोलनमा घाइते भएकाहरूको उपचारमा सहयोगस्वरूप सिभिल सर्भिस अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई ३५ वटा ट्रमा ब्याग उपलब्ध गराएको थियो।
ती ब्यागहरूमा आकस्मिक अवस्थामा आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू समावेश छन्, जसमा सास फेर्न सहयोग गर्ने सामग्री, आईभी फ्लुइड, विभिन्न इन्जेक्सन, रक्तस्राव नियन्त्रणका सामग्री, शल्यक्रियाका उपकरणहरू, र स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक वस्तुहरू रहेका छन्।
यी सामग्रीहरूले आकस्मिक घाइतेहरूको प्राथमिक उपचार र अवस्था स्थिर राख्नमा स्वास्थ्यकर्मीहरूलाई ठुलो सहायता पुग्ने विश्वास गरिएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
