नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान स्वास्थ्य मन्त्री प्रदिप पौडेलले पार्टीको वर्तमान संरचनाबाट अब अपेक्षित परिणाम हासिल हुन नसक्ने स्पष्ट गर्दै, पुनर्गठनको आवश्यकता रहेको सुझाव दिनुभएको छ।
नेता पौडेलको प्रस्तावअनुसार, पार्टीभित्र ठोस र प्रभावकारी परिवर्तन ल्याउनका लागि सबै पदाधिकारीहरूले स्वेच्छिक रूपमा जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने बताउँदै, एकल संयोजकको नेतृत्वमा पार्टीलाई पुनः संरचना गरी नयाँ धारमा अगाडि बढाउनु पर्ने आवश्यकता औँल्याउनुभएको छ।
उहाँको बुझाइमा, हालको परिस्थितिमा महाधिवेशन तत्काल सम्भव नदेखिएकोले, वैकल्पिक नेतृत्व व्यवस्थापनमार्फत पार्टीलाई सुदृढ बनाउने बाटो अवलम्बन गर्नु अहिलेको आवश्यकता हो।
उहाँले भन्नुभयो, अहिलेसम्मको जस्ताको त्यस्तै अवस्थाबाट पार्टी अघि बढ्न सक्दैन। त्यसैले अब सबैले मिलेर संयोजक तोकी पार्टी पुनर्गठन गर्नुपर्ने बेला आएको छ। पौडेलले यस विषयमा पार्टीका अन्य शीर्ष नेताहरूसँग सम्पर्क र छलफल जारी रहेको जानकारी समेत दिनुभएको छ।
यसअघि, कांग्रेसका महामन्त्री गगन थापाले पनि पार्टी पुनर्गठनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो र आवश्यक परे आफैंले पनि महामन्त्री पदबाट राजीनामा दिन तयार रहेको कुरा सार्वजनिक रूपमा बताइसक्नुभएको छ।
पौडेलको भनाइअनुसार, आगामी छ महिनाभित्र सम्भावित निर्वाचनलाई ध्यानमा राख्दै, पार्टीलाई समयमै सुदृढ र संगठित बनाउने निर्णायक कदम चाल्नुपर्ने अवस्था आएको छ। परिवर्तनलाई आत्मसात् गर्दै अघि नबढ्दा कांग्रेस माथि उठ्न नसक्ने उहाँले बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालमा जटिल मस्तिष्क सफल शल्यक्रिया
सोमबार, वैशाख २१, २०८३
दुई दिनको बिदापछि सरकारी अस्पतालमा बिरामीको भीड, सेवा व्यवस्थापनमा चुनौती
सोमबार, वैशाख २१, २०८३
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३

