नेपाल हेल्थ न्युज, काठमाडौं। जेनजी अभियानद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न सरकारले आज बुधबार राष्ट्रिय शोक मनाइरहेको छ।
मृतकप्रति सम्मान स्वरूप आज देशभरका सरकारी कार्यालयहरू बन्द गरिएका छन् भने विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूमा समेत सार्वजनिक बिदा दिइएको छ। साथै, राष्ट्रिय झन्डा आधा झुकाइएको छ।
जेनजी अभियानले भदौ २३ गते भ्रष्टाचारविरुद्ध, पारदर्शिता र सुशासनको मागसहित काठमाडौंमा प्रदर्शन गरेको थियो। त्यस क्रममा प्रहरी हस्तक्षेप हुँदा गोली लागेर १९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
घटनापछि भोलिपल्ट, भदौ २४ गते, देशैभर विरोध प्रदर्शनहरू चर्किएका थिए। दुई दिनसम्म चलेको आन्दोलनमा प्रदर्शनकारी र सुरक्षाकर्मी दुबै पक्षबाट गरी ७२ जनाले ज्यान गुमाएका थिए। साथै, प्रदर्शनका क्रममा विभिन्न सरकारी तथा निजी सम्पत्तिहरूमा क्षति पुगेको थियो।
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
