नेपाल हेल्थ न्युज, काठमाडौं । हालसम्म देशभरका ७४ जिल्लामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार हालसम्म चार हजार ४७८ जनामा यो रोग पुष्टि भइसकेको छ भने दुई संक्रमितको ज्यान गइसकेको छ।
डोल्पा, हुम्ला र मनाङ जिल्ला भने अहिले सम्म पनि डेङ्गु संक्रमणमुक्त रहेका छन्। इडिसिडी अन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले गण्डकी प्रदेशमा सबैभन्दा धेरै संक्रमण भेटिएको जानकारी दिनुभयो।
गण्डकीमा एक हजार १९५ जना संक्रमित भेटिएका छन्। यसैगरी, बागमती प्रदेशमा ९६३, लुम्बिनीमा ७९८, कोशीमा ६९८, सुदूरपश्चिममा ५२६, कर्णालीमा २०९ र मधेश प्रदेशमा ८९ जनामा संक्रमण पुष्टि भएको हो।
डा. दाहालका अनुसार डेङ्गुको जोखिम अझै केही महिनासम्म रहन सक्ने भएकाले सावधानी अपनाउन सबैमा आग्रह गरिएको छ। चिकित्सकहरूका अनुसार यो रोग एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ, जसले विशेषगरी सफा पानी जम्मा भएको स्थानमा बास बनाउने गर्दछ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, उच्च ज्वरो, शरीर दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने तथा शरीरमा राता दाग आउने जस्ता लक्षणहरू डेङ्गुको संकेत हुन्।
सुरक्षाका उपाय:
- घर वरिपरि पानी जम्न नदिनुहोस्।
- पानी राख्ने भाँडाहरू नियमित सरसफाइ गर्नुहोस्।
- झुलको प्रयोग गर्नुहोस् र लामखुट्टे टोक्न नदिने कपडा लगाउनुहोस्।
- कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
