नेपाल हेल्थ न्युज, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै २५ लाख कित्ता साधारण सेयर सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त सेयर निष्काशनको कार्य सहज र व्यवस्थित रूपमा सम्पन्न गर्न अस्पतालले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
दुवै संस्थाबीच भएको सहमति पत्रमा नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सन् १९९३ मा ३० शैयाको सामान्य अस्पतालका रूपमा स्वास्थ्य सेवा यात्रा सुरु गरेको नर्भिक हाल २०० शैयाको बहु–विशेषज्ञ अस्पतालको रूपमा सञ्चालनमा छ। संस्थाले अस्पताललाई आगामी दिनमा ३०० शैयामा स्तरोन्नति गर्ने योजना अघि सारेको छ।
नवीनतम प्रविधि र आधुनिक पूर्वाधारमा गरिएको लगानीमार्फत नर्भिकले राजधानीमै अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्दै आएको छ। नेपाल तथा विदेशका बिरामीहरूका लागि यो अस्पताल अब एक भरोसायोग्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
