नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्रालयमा सचिव नियुक्ति र पदस्थापनाका विषयमा देखिएको विवादपछि लामो समय विदामा बसेकी १२ औं तहकी उच्च अधिकारी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा मन्त्रालयमा फर्किएकी छन्। करिब ६ महिनादेखि विदामा रहेकी डा. मिश्राले बिहीबार मन्त्रालयमा आफ्नो कामकाज पुनः सुरु गरेकी छन्।
२१ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमा डा. विकास देवकोटा नियुक्त भएका थिए । डा. देवकोटालाई सचिवमा नियुक्त गरेर वरिष्ठता मिचेर आफूमाथि अन्याय गरिएको भन्दैं डा. संगीता विदा बसेकी थिइन् । त्यसयता उनले निरन्तर विदा थप्दैं आएकी थिइन् ।
साथै, निवर्तमान मन्त्री प्रदीप पौडेलले ६ असोज २०८१ मा डा. मिश्रालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीबाट हटाएर डा. देवकोटालाई नियुक्त गरेका थिए। यसै कारण डा. मिश्रासँग मन्त्री पौडेलबीच मनमुटाव सुरु भएको थियो ।
उनले स्वास्थ्य सचिव डा. देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्धा समेत हालेकी छन् । तर, उनको उक्त मुद्धामा अहिलेसम्म फैसला भएको छैन ।
जेन—जी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि मन्त्रालयको नेतृत्व परिवर्तन भयो र प्रदीप पौडेल मन्त्रालयबाट बाहिरिए। यसपछि डा. संगीता मिश्रा पुनः मन्त्रालयमा फर्किइन् र सक्रिय भइन्।
डा. संगीता मिश्रालाई १३ भदौ २०८० मा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए। सो समयमा डा. मिश्रासँगै डा. विकास देवकोटाबीच महानिर्देशक पदको लागि कडा प्रतिस्पर्धा भइरहेको थियो। तर, मन्त्री बस्नेतले डा. मिश्रालाई नै उक्त पदमा नियुक्त गर्ने निर्णय गरेका थिए।
मन्त्रालयका सहसचिव दिवस आचार्यका अनुसार, डा. मिश्रा बिहीबार मन्त्रालयमा आएर बैठकमा सहभागी भई कामकाजमा लागेको जानकारी दिइएको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

