नेपाल हेल्थ न्युज, वीरगञ्ज। पर्सा जिल्लामा केही समय नियन्त्रणमा आएको देखिएको हैजा संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, शनिबार मात्र झाडापखाला र शंकास्पद हैजाका २७ नयाँ बिरामी फेला परेका छन्।
जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, वीरगञ्ज महानगरपालिका र पोखरिया नगरपालिकामा गरी २७ जना नयाँ बिरामी भेटिएका छन्, जसमध्ये ४ जनामा हैजा पुष्टि भइसकेको छ।
यसअघि एक महिनाको अवधिमा जिल्लामा १ हजार ४ सय ५१ जना झाडापखाला तथा हैजासम्बन्धी लक्षणसहित अस्पताल पुगेका थिए। तीमध्ये १ हजार ४ सय २१ निको भई घर फर्किए पनि हालसम्म ३० जना बिरामी अझै उपचाररत छन्।
अधिकारिक तथ्यांकअनुसार, यो अवधिमा २३७ जनामा हैजाको पुष्टि भएको थियो। तिनमध्ये २३३ जना स्वस्थ भई घर फर्किएका छन् भने ४ जना अझै अस्पतालमा उपचार गराइरहेका छन्।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले सुरुवाती सतर्कता हराउँदै जानु नै संक्रमण पुनः फैलिनुको मुख्य कारण भएको बताउनुभयो। “संख्या घटेपछि जनताले सावधानी अपनाउन छाडे, जसले गर्दा हैजा पुनः फैलिएको हो,” उहाँले भन्नुभयो।
भदौ ६ गते वीरगञ्ज–१२ मुरली क्षेत्रमा पहिलोपटक हैजाको संक्रमण देखिएको थियो। त्यसयता सरकारले वितरण गरेको पानी र डीप बोरिङको पानी स्रोतबाट संक्रमण फैलिएको हुनसक्ने चिकित्सकहरूको आशंका छ। तर हालसम्म संक्रमणको मूल स्रोत पत्ता लगाउन सरकारी निकाय असफल देखिएको छ।
जनस्वास्थ्य कार्यालयले आइतबार देखिएका नयाँ केसहरूको विवरण संकलनको कार्य जारी रहेको जनाएको छ। नागरिकलाई सुरक्षित खानेपानीको प्रयोग र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
