नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा कार्यरत डा. संगीता मिश्राले राजीनामा दिएको पुष्टि भएको छ।
विगत केही महिनादेखि सचिव पदको बढुवा प्रक्रिया र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बिदामा रहनुभएकी डा. मिश्राले हालै उत्पन्न परिस्थितिका बीच आफ्नो राजीनामा पेश गर्नुभएको हो। मन्त्रिपरिषद्ले उहाँको राजीनामा स्वीकृत गरिसकेको स्रोतले जानकारी दिएको छ।
स्वास्थ्य क्षेत्रको दीर्घ अनुभव र प्रशासनिक दक्षताका कारण उहाँलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य मन्त्रीको रूपमा जिम्मेवारी दिने विषयमा गम्भीर छलफल भइरहेको बुझिएको छ।
यसै सम्भावनाले उहाँको राजीनामालाई थप चासोको विषय बनाएको छ। यद्यपि, यसबारे औपचारिक घोषणा भइनसकेको स्रोतको भनाइ छ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
