नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा कार्यरत डा. संगीता मिश्राले राजीनामा दिएको पुष्टि भएको छ।
विगत केही महिनादेखि सचिव पदको बढुवा प्रक्रिया र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बिदामा रहनुभएकी डा. मिश्राले हालै उत्पन्न परिस्थितिका बीच आफ्नो राजीनामा पेश गर्नुभएको हो। मन्त्रिपरिषद्ले उहाँको राजीनामा स्वीकृत गरिसकेको स्रोतले जानकारी दिएको छ।
स्वास्थ्य क्षेत्रको दीर्घ अनुभव र प्रशासनिक दक्षताका कारण उहाँलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य मन्त्रीको रूपमा जिम्मेवारी दिने विषयमा गम्भीर छलफल भइरहेको बुझिएको छ।
यसै सम्भावनाले उहाँको राजीनामालाई थप चासोको विषय बनाएको छ। यद्यपि, यसबारे औपचारिक घोषणा भइनसकेको स्रोतको भनाइ छ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
