नेपाल हेल्थ न्युज, काठमाडौं । अन्तरिम सरकारको तर्फबाट डा. संगीता कौशल मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस भएकी छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्वास्थ्य मन्त्री बनाउने प्रस्ताव अघि सारेको हो। बैठकको अध्यक्षता अन्तरिम प्रधानमन्त्री सुशील कार्कीले गरेकी थिइन्।
स्वास्थ्य मन्त्रीको रूपमा अघि बढ्ने निर्णय भएपछि डा. मिश्राले आफ्नो अतिरिक्त सचिवको पदबाट राजीनामा दिएकी छन्। स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा चिनिएकी डा. मिश्राले स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा प्रमुख, कोशी अस्पताल र थापाथलीस्थित प्रसूति अस्पतालको नेतृत्व समेत सम्हालिसकेकी छन्।
१२औं तहकी सरकारी चिकित्सक रहेकी उनले विगतमा स्वास्थ्य सचिव बन्ने प्रयास गरेकी थिइन्। तर, निवर्तमान प्रदीप पौडेलले डा. विकास देवकोटालाई सचिव पदमा नियुक्त गरेपछि उनी असन्तुष्ट बनेकी थिइन्। त्यसपछि करिब छ महिनासम्म उनी सेवाबाट टाढा रहिन्। पौडेलको पदबाट राजीनामा पछि डा. मिश्रा पुनः मन्त्रालयमा सक्रिय रूपमा फर्किएकी थिइन्।
श्रोतको अनुसार काठमाडौं महानगरका प्रमुख बालेन शाहसँगको राम्रो समन्वय र जेन-जि आन्दोलनमा देखाएको सक्रियताले पनि डा. मिश्राको नाम मन्त्री पदमा सिफारिस हुनुमा भूमिका खेलेको बताइएको छ।
यसैबीच, सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिल सिन्हा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा र सञ्चारकर्मी जगदीश खरेल सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको नेतृत्वका लागि सिफारिस भएका छन्।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
