नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आज चार जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण समारोह राष्ट्रपति निवास शीतल निवासमा सम्पन्न भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा सञ्चार मन्त्रालयको जिम्मेवारी जगदीश खरेललाई दिइएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय महावीर पुनले सम्हाल्ने भएका छन्।
अनिल सिन्हालाई उद्योग, कानून तथा भूमि व्यवस्थापन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मदन परियार कृषिमन्त्रीको रूपमा नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयका लागि संगीता कौशल मिश्रको नाम सिफारिसमा परेको भए पनि उनको शपथ आजको कार्यक्रममा रोकिएको छ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
