नेपाल हेल्थ न्युज, ढाका । बङ्गलादेशमा डेङ्गु संक्रमण तीव्र गतिमा फैलिरहेको छ। आइतबार सार्वजनिक गरिएको स्वास्थ्य सेवा महानिर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार, एकै दिन १२ जनाले ज्यान गुमाएका छन्, जुन यस वर्षकै सबैभन्दा धेरै दैनिक मृत्यु संख्या हो।
यससँगै सन् २०२५ को सुरुदेखि हालसम्म डेङ्गुका कारण ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७४० नयाँ सङ्क्रमित फेला परेका छन्, जससँगै कुल संक्रमितको संख्या ४१ हजार ८३१ पुगेको हो।
बर्षायाममा विशेष गरी जुनदेखि सेप्टेम्बरसम्म डेङ्गु संक्रमण बङ्गलादेशमा व्यापक हुने गर्छ। स्वास्थ्य विज्ञहरूका अनुसार, यो रोगको नियन्त्रणका लागि सचेतना, पूर्वतयारी र प्रभावकारी कदम अनिवार्य छ।
सरकारले संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाउने र जनचेतना अभिवृद्धिका कार्यक्रम अघि बढाउने जनाएको छ। रासस/सिन्ह्वा
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
