नेपाल हेल्थ न्युज, काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–६, दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि स्वास्थ्य बिमा अन्तर्गत सेवा दिन थालेको छ। यससँगै जिल्लामा स्वास्थ्य बिमा सेवा दिने सरकारी स्वास्थ्य संस्थाको संख्या आठ पुगेको छ।
केन्द्र प्रमुख कोपिला कार्कीका अनुसार सेवा सुरुआतसँगै केन्द्रलाई आधारभूत अस्पतालको रूपमा विस्तार गर्ने तयारी पनि सुरु गरिएको छ। जनशक्ति र पूर्वाधार अभावका कारण सेवा दिन ढिलाइ भएपनि पाँचखाल नगरपालिकाले आवश्यक व्यवस्थापन गरी आजदेखि नियमित सेवा सुरु गरेको हो।
यसअघि बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरपालिकाले सञ्चालनमा ल्याएको अस्पतालले पनि बिमा बोर्डसँग सम्झौता गरी सेवा सुरु गरिसकेका छन्।
त्यसैगरी, सुन्थान, खोपासी, पाँचखाल र धुलिखेलका प्राथमिक स्वास्थ्य केन्द्रहरू तथा मेथिनकोट प्रादेशिक अस्पताल पनि बिमा सेवा प्रदान गर्ने सूचीमा परेका थिए।
धुलिखेल नगरपालिकाले भने स्वास्थ्य केन्द्र भवनबाट नभई धुलिखेल अस्पताल परिसरमै स्वास्थ्य बिमा सेवा सञ्चालनमा ल्याएको छ। चिकित्सक, नर्स, औषधि र रिफरल सेवासहितको बिन्दु सेवा साउन २६ गतेदेखि सुरु गरिएको नगरले जनाएको छ।
सरकारले गत साउन १ गतेदेखि स्वास्थ्य बिमा अन्तर्गतको प्रथम सेवा बिन्दु अनिवार्य रूपमा सरकारी स्वास्थ्य संस्था हुनुपर्ने नीति लागू गरेसँगै विभिन्न पालिकाका स्वास्थ्य केन्द्रहरूले सेवा विस्तार गर्न थालेका हुन्।
यद्यपि, सूचीमा रहेका सबै संस्थाले उक्त मितिदेखि सेवा दिएका थिएनन्। प्रारम्भमा मेथिनकोट अस्पताल, सुन्थान र खोपासी प्राथमिक स्वास्थ्य केन्द्रले मात्रै नियमित सेवा दिइरहेका थिए।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
