नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै सम्पन्न गरेको ७३औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा जम्मा ३९.९ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत बुधबार र बिहीबार भएको परीक्षामा सहभागी एक हजार ७७ मध्ये ४२१ जना मात्र सफल भएका हुन् ।
एनएमसीका रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार बीडीएस (दन्त चिकित्सक) तर्फ उत्तीर्ण दर सबैभन्दा न्यून रहेको छ । बीडीएसतर्फ सहभागी १८३ मध्ये ३५ जना मात्र पास भएका छन्, जसको दर १८.६२ प्रतिशत मात्र हो । बाँकी १४८ जना अनुतीर्ण भएका छन् ।
एमबीबीएसतर्फ भने ८९४ जनाले परीक्षा दिएका थिए, जसमा ३८६ जना मात्र सफल भए । यसरी एमबीबीएसतर्फको उत्तीर्ण दर ४२.१९ प्रतिशतमा सीमित भएको छ । फारम भरेका ९१५ मध्ये २१ जना भने परीक्षामा अनुपस्थित रहे ।
डा. देवका अनुसार यसपटक अघिल्ला परीक्षामा अनुतीर्ण भई पुनः सहभागी भएका विद्यार्थीको संख्या बढी भएकाले समग्रमा उत्तीर्ण दर न्यून भएको हो ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

