नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै सम्पन्न गरेको ७३औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा जम्मा ३९.९ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत बुधबार र बिहीबार भएको परीक्षामा सहभागी एक हजार ७७ मध्ये ४२१ जना मात्र सफल भएका हुन् ।
एनएमसीका रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार बीडीएस (दन्त चिकित्सक) तर्फ उत्तीर्ण दर सबैभन्दा न्यून रहेको छ । बीडीएसतर्फ सहभागी १८३ मध्ये ३५ जना मात्र पास भएका छन्, जसको दर १८.६२ प्रतिशत मात्र हो । बाँकी १४८ जना अनुतीर्ण भएका छन् ।
एमबीबीएसतर्फ भने ८९४ जनाले परीक्षा दिएका थिए, जसमा ३८६ जना मात्र सफल भए । यसरी एमबीबीएसतर्फको उत्तीर्ण दर ४२.१९ प्रतिशतमा सीमित भएको छ । फारम भरेका ९१५ मध्ये २१ जना भने परीक्षामा अनुपस्थित रहे ।
डा. देवका अनुसार यसपटक अघिल्ला परीक्षामा अनुतीर्ण भई पुनः सहभागी भएका विद्यार्थीको संख्या बढी भएकाले समग्रमा उत्तीर्ण दर न्यून भएको हो ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
