नेपाल हेल्थ न्युज, काठमाडौं । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न विषयका चिकित्सक तथा स्टाफ नर्स माग गरेको छ ।
कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक, लेक्चर तथा स्टाफ नर्स माग गरेको हो । कलेजको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन थप जनशक्तिहरु माग गरिएको हो ।
सूचना अनुुसार कलेजले एनाटोमी, फार्माकोलोजी, फिजियोलोजी, बायोकेमेष्ट्री, पेडियाट्रिक नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ र स्टाफ नर्स माग गरिएको छ ।
दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरुले इमेल मार्फत आफ्नो ब्यक्तिगत विवरणहरु पठाएपछि अन्तरवार्ताका लागि बोलाइने कलेज प्रशासनले जनाएको छ । स्टाफ नर्सको हकमा नेपाल नर्सिङ परिषदमा दर्ता भएका बी.एस्सी. नर्सिङ र पी.सी.एल. नर्सिङ अनुभव भएका (विशेष गरी मिडवाइफरी र आईसीयू तालिम प्राप्त) उम्मेदवारलाई प्राथमिकता दिइने बताइएको छ ।
थप जानकारीका लागि हेर्नुहोस् सूचना:
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
