नेपाल हेल्थ न्युज, काठमाडौं । हाल पर्सा र बारामा देखिएको हैजाको जोखिम र हालैको बाढीले स्वास्थ्यमा पार्न सक्ने असरलाई ध्यानमा राख्दै ती क्षेत्रमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।
वीरगञ्ज महानगरपालिका–१२ स्थित मुरली टोलबाट भदौ ६ गते सुरु भएको हैजाको संक्रमण हालसम्म दुई जिल्लामा फैलिँदै गइरहेको छ। पछिल्लो तथ्याङ्कअनुसार, पर्सा र बारामा हालसम्म १,६८५ जना हैजाबाट प्रभावित भएका छन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालका अनुसार, ‘हैजा रोग प्रतिकार्य खोप अभियान २०८२’ अन्तर्गत पर्सा जिल्लामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि खोप वितरण सुरु गरिनेछ। अभियान तिहार अगावै सम्पन्न गरिने योजना छ।
स्वास्थ्य सेवा विभागले खोप अभियानका लागि १० लाख १८ हजार १०० मात्रा खोप ती क्षेत्रमा पठाउने तयारी गरेको छ। एक वर्षभन्दा माथिको उमेर समूहमा पर्ने सबै व्यक्तिहरूलाई यो खोप दिइनेछ।
खोप एकपटक मात्र खुवाइनेछ र मुखमार्फत सेवन गरिने यो खोप पूर्ण सुरक्षित रहेको जनाइएको छ। साथै, गर्भवती र स्तनपान गराइरहेका महिलाहरूले पनि यो खोप लिन सक्नेछन्।
एक बर्षको न्यूरोलोजी फेलोशिपलाई विशेषज्ञको मान्यता नदिन 'नान'को माग
सोमबार, वैशाख १४, २०८३
सुरक्षित गर्भपतन सेवा असुरक्षित, रोकिएन अकालमा आमाहरूको मृत्यु
सोमबार, वैशाख १४, २०८३
सर्वोच्चको आदेशपछि लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. गौतम नियुक्त
सोमबार, वैशाख १४, २०८३
महिनावारी दुखाइबाट राहत पाउने घरेलु तरिका
आइतबार, वैशाख १३, २०८३

