नेपाल हेल्थ न्युज, काठमाडौं । निवर्तमान स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले असोज २३ गते काठमाडौंमा भएको जेन-जी आन्दोलनबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले उक्त आन्दोलनलाई जेन-जी को मर्यादित र सही आन्दोलन भन्दै सरकारलाई मुख्य दोषी करार गरेका छन्।
पौडेलले भने, २३ गतेको घटना जेन-जीहरुको आन्दोलन थियो। उनिहरुले उठाएका मुद्दा सहि थियो — भ्रष्टाचार अन्त्य, सुशासनको माग, र सामाजिक सञ्जाल खोल्नुपर्ने जस्ता विषयहरू सम्पूर्ण रुपमा जायज थिए।
उनले आन्दोलन शान्तिपूर्ण ढंगले भएको भन्दै सरकारको प्रतिक्रिया असंवैधानिक र कठोर भएको आरोप लगाए। २३ गते जुन घटना भयो, त्यसको दोषी जेन-जी होइन, सरकार हो। त्यो सरकारमा म पनि थिएँ, त्यसैले म सजाय भोग्न तयार छु। अब छानबिन हुनु आवश्यक छ, पौडेलले थपे।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१८ वर्षीया नर्स सुनिता बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि
आइतबार, असोज ४, २०८३
स्वास्थ्य सेवामा जनशक्ति अभाव हुन नदिन मधेश सरकारले अस्थायी दरबन्दी स्वीकृत गर्ने
आइतबार, असोज ४, २०८३

