नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको प्रभाव यस वर्ष असामान्य रूपमा बढेको छ। देशभर अहिलेसम्म ३१ जनाले ज्यान गुमाएका छन्, जुन पछिल्ला १० वर्षको अवधिमा सबैभन्दा बढी हो।
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार, मृत्यु हुनेहरू प्रायः ४० वर्षभन्दा माथिका व्यक्ति हुन्, जसले खोप लगाएका थिएनन्।
गत वर्ष यो सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको थियो भने सन् २०१८ देखि २०२२ सम्म कुनै मृत्यु भएको थिएन। यसअघि सन् २०२४ मा २५ जनाको मृत्यु भएको तथ्याङ्क छ। यो वर्ष १६४ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको छ, जुन गत वर्षको ८६ भन्दा दोब्बर बढी हो।
डा. गौतमका अनुसार, अहिले यो रोग ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ। प्रदेशगत विवरणअनुसार लुम्बिनीमा ११, बागमती र गण्डकीमा पाँच–पाँच, कोशीमा चार, मधेसमा तीन, सुदूरपश्चिममा दुई र कर्णालीमा एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य शाखाका अनुसार नेपालका २८ जिल्ला जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा छन्। यो रोग प्रायः साउनदेखि कात्तिक महिनासम्म बढी देखिन्छ। हाल नेपालका करिब ८२ प्रतिशत बालबालिकाले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएका छन्।
नेपालमा सन् १९७८ मा रुपन्देहीमा पहिलो पटक यो रोग पत्ता लागेको थियो। त्यसयता सन् १९९८ देखि बालबालिकालाई नियमित रूपमा यो रोगविरुद्धको खोप दिइँदै आएको छ। लामखुट्टे, सुँगुर वा हाँसजस्ता जनावरबाट फैलिने यो रोगको हाल थप अध्ययन भइरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

