नेपाल हेल्थ न्युज, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नाक, कान र घाँटी विभाग प्रमुख डा. संगीता सिंह भण्डारीलाई पदबाट निलम्बन गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमआरआई मेसिन खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिष्ठानले उक्त कदम चालिएको हो।
अख्तियारको दाबी अनुसार, डा. भण्डारीले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रहँदा प्रयोगमा नआउने किसिमको एमआरआई मेसिन खरिद गरी आर्थिक अनियमितता गरेको ठहर गरेको छ। सोही आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको हो।
बीपी प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद सग्रौलाले आयोगको पत्र बिहीबार प्राप्त भएपछि शुक्रबारै कार्यकारिणी बैठकले डा. भण्डारीलाई निलम्बन गर्ने निर्णय गरेको बताए।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
