नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आहारपूरक सौन्दर्यबर्द्धक संघ (एनएनसिए) का प्रतिनिधिहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी नवनियुक्त महानिर्देशक डा.मतिना जोशीलाई भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भेटवार्ताका क्रममा एनएनसिए का प्रतिनिधिहरूले आहारपूरक व्यवसायीहरूले सामना गरिरहेको समस्या तथा व्यावसायिक सुरक्षासम्बन्धी विषयहरू राख्दै संघ सधैँ विभागसँग सहजीकरण गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
यस अवसरमा महानिर्देशक जोशीले संघका माग र सुझावप्रति ध्यान दिने बताउँदै व्यवसायीहरूले भोग्ने समस्या उत्पन्न भएमा तुरुन्तै समाधानका लागि विभाग प्रतिबद्ध रहनेआश्वासन दिनुभएको छ ।
संघले यस भेटवार्तालाई आहारपूरक व्यवसाय क्षेत्र र नियामक निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ।
एनएनसिएका महासचिब सुरज पौडेलले व्यावसायिक समस्या र समाधानको उपायको बिषयमा नवनियुक्त महानिर्देशकलाई जानकारी गराउनुभएको थियो ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
