नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंमा रहेका विभिन्न अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सञ्चालन गर्दै आएका सम्पर्क कार्यालयहरू अब बन्द हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक पत्र जारी गर्दै संघीय सशर्त बजेटका मार्गदर्शन बुँदा नं. १०१ अनुसार अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने व्यवस्था गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार सम्पर्क कार्यालय सञ्चालनका लागि सरकारले वार्षिकरूपमा करिब एक अर्ब रुपैयाँ बराबरको खर्च व्यहोर्दै आएको रिपोर्ट सार्वजनिक भएपछि यो निर्णय गरिएको हो। प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री शुशीला कार्कीको निर्देशनमा स्वास्थ्य सचिव डा. विकास देवकोटासँगको छलफलपछि मन्त्रालयले उक्त निर्णय गरेको बताइएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “नेपाल सरकारको स्रोतबाट व्यवहोरिने गरी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने भएकोले सम्पर्क कार्यालय राखेको भए बन्द गरी यस मन्त्रालयमा जानकारी गराउनु पर्नेछ।”
स्वास्थ्य मन्त्रालयको नीति तथा योजना शाखाले जारी गरेको उक्त निर्देशन अनुसार अब सम्पर्क तथा प्रशासनिक समन्वयका कार्यहरू सम्बन्धित संस्थाको मुख्य कार्यालय वा क्षेत्रीय संरचनाबाट नै सञ्चालन गर्नुपर्नेछ।
मन्त्रालयले सम्पर्क कार्यालयहरूको कार्यान्वयन अवस्थाबारे छिटो जानकारी पठाउन समेत सम्बन्धित अस्पताल र प्रतिष्ठानहरूलाई आग्रह गरेको छ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
