नेपाल हेल्थ न्युज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार नियमित स्वास्थ्य परीक्षणका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेका छन्। परिवारका सदस्यहरूसँगै अस्पताल पुगेका शाहले प्रोस्टेटसम्बन्धी परीक्षण गराएका हुन्।
अस्पताल स्रोतका अनुसार, उनको प्रोस्टेट बायोप्सी गरिएको छ। चिकित्सकका भनाइअनुसार, यो परीक्षण नियमित प्रक्रिया अन्तर्गत गरिएको हो र रिपोर्ट आउन करिब ५ दिन लाग्नेछ।
प्रोस्टेट पुरुषहरूमा मात्र पाइने ग्रन्थी हो, जुन पिसाब थैलीको मुनि र मूत्रनलीको वरिपरि अवस्थित हुन्छ। उमेरसँगै यो ग्रन्थी विस्तार हुँदै जानु सामान्य मानिन्छ, तर अस्वाभाविक वृद्धि भएमा पिसाबमा समस्या देखिन सक्छ।
विशेषज्ञहरूका अनुसार, उमेर बढ्दै जाँदा शरीरमा हुने हर्मोनीय परिवर्तनले प्रोस्टेट ग्रन्थीमा असर पार्छ। टेस्टोस्टेरोन घट्दै जानु र एस्ट्रोजेन बढ्दै जानुले ग्रन्थीका कोषहरू तीव्र रूपमा बढ्न सक्छन्। यस्तो अवस्थाले प्रोस्टेटको आकार विस्तार हुन सक्छ, जसको निगरानी आवश्यक हुन्छ।
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
