नेपाल हेल्थ न्युज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार नियमित स्वास्थ्य परीक्षणका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेका छन्। परिवारका सदस्यहरूसँगै अस्पताल पुगेका शाहले प्रोस्टेटसम्बन्धी परीक्षण गराएका हुन्।
अस्पताल स्रोतका अनुसार, उनको प्रोस्टेट बायोप्सी गरिएको छ। चिकित्सकका भनाइअनुसार, यो परीक्षण नियमित प्रक्रिया अन्तर्गत गरिएको हो र रिपोर्ट आउन करिब ५ दिन लाग्नेछ।
प्रोस्टेट पुरुषहरूमा मात्र पाइने ग्रन्थी हो, जुन पिसाब थैलीको मुनि र मूत्रनलीको वरिपरि अवस्थित हुन्छ। उमेरसँगै यो ग्रन्थी विस्तार हुँदै जानु सामान्य मानिन्छ, तर अस्वाभाविक वृद्धि भएमा पिसाबमा समस्या देखिन सक्छ।
विशेषज्ञहरूका अनुसार, उमेर बढ्दै जाँदा शरीरमा हुने हर्मोनीय परिवर्तनले प्रोस्टेट ग्रन्थीमा असर पार्छ। टेस्टोस्टेरोन घट्दै जानु र एस्ट्रोजेन बढ्दै जानुले ग्रन्थीका कोषहरू तीव्र रूपमा बढ्न सक्छन्। यस्तो अवस्थाले प्रोस्टेटको आकार विस्तार हुन सक्छ, जसको निगरानी आवश्यक हुन्छ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
