नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा डेङ्गु संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ र हालसम्म देशभर चार जनाको मृत्यु भइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग शाखाका अनुसार देशका ७५ जिल्लाबाट करिब ५ हजार ८७४ जना संक्रमित भइसकेका छन्।
सबैभन्दा धेरै संक्रमित गण्डकी प्रदेशमा भेटिएका छन् जहाँ हालसम्म १ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि बागमतीमा १ हजार ३८०, लुम्बिनीमा ९९१, कोशीमा ८०३, सुदूरपश्चिममा ६८४, कर्णालीमा ३९० र मधेश प्रदेशमा १२४ जनामा संक्रमण देखिएको छ। डोल्पा र मनाङ जिल्लामा भने अहिलेसम्म डेङ्गु संक्रमण पुष्टि भएको छैन।
चिकित्सकहरूका अनुसार डेङ्गु रोग एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ। यो प्रकारको लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै ठाउँमा हुर्कन सक्छ, त्यसैले घर वरिपरि पानी जम्न नदिने र सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो रोग लागेपछि बिरामीलाई उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, जोर्नी तथा मांसपेशी दुख्ने, वान्ता हुने, वाकवाकी लाग्ने, पखाला लाग्ने, शरीरमा राता बिमिरा आउनेजस्ता लक्षण देखापर्छन्। यस समयमा औषधी चिकित्सकको सल्लाहबिना नखानु उत्तम हुन्छ।
डेङ्गु संक्रमणको जोखिम कात्तिक महिनासम्म रहने अनुमान गरिएको छ। त्यसैले स्वास्थ्य सस्थामा समयमै पुगेर जाँच गराउने, लामखुट्टे टोक्न नदिने उपायहरू अपनाउने र सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
