नेपाल हेल्थ न्युज, काठमाडौं । पर्सा र बारा जिल्लामा हैजाको जोखिम बढेसँगै रोग नियन्त्रणका लागि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ।
अभियानको औपचारिक शुभारम्भ आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा गरिएको हो। प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीमार्फत खोप लगाएर अभियान सुरु गरे। उनले सबै योग्य व्यक्तिलाई खोप लगाएर आफन्त र समुदायलाई सुरक्षित राख्न आग्रह गरे।
स्वास्थ्य कार्यालय पर्साका अनुसार असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने यो अभियानमा करिब ६ लाख ५४ हजार जनालाई इयूभिकोल–एस खोप उपलब्ध गराउने लक्ष्य लिइएको छ।
खोप १ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई दिइनेछ। यसका लागि पर्साका १४ वटै पालिकामा जम्मा १,९५० वटा खोप केन्द्र सञ्चालनमा ल्याइएका छन्।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले वर्षासँगै आएको बाढी र हैजाको सम्भावित फैलावटलाई ध्यानमा राखेर जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको बताए।
पर्सासँगै बारा जिल्लाका छ वटा स्थानीय तहहरू—कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा पनि खोप अभियान सञ्चालन हुने जानकारी दिइएको छ। बारामा अभियान असोज २९ गतेदेखि सुरु हुने भएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
