नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक, मेडिकल कलेज तथा निजी अस्पतालहरूलाई नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी मापदण्डभन्दा कम नहुने गरी लागू गर्न निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मन्त्रालयले यसअघि पनि यस्तो निर्देशन जारी गरिसकेको भए पनि कतिपय संस्थाले अझैसम्म कार्यान्वयन नगरेको गुनासो आएपछि पुनः स्पष्ट निर्देशनसहित पत्राचार गरिएको हो।
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनुपर्ने मागसहित हाल आन्दोलनरत छन्।
मन्त्रालयले तोकिएको समयभन्दा बढी काम गरेबापत अतिरिक्त भत्ता उपलब्ध गराउने व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ।
यसबाहेक मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई करारमा मात्र कर्मचारी राख्नुपर्ने, ज्यालादारी प्रणालीमा कार्य गराउन नपाइने, र कर्मचारीका शैक्षिक प्रमाणपत्रहरू संस्थाले आफ्नो कब्जामा राख्न नपाइने स्पष्ट निर्देशन दिएको छ।
मन्त्रालयले सबै किसिमका पारिश्रमिक तथा भत्ताहरू बैंकमार्फत नै भुक्तानी गर्नुपर्ने प्रावधान पालना गर्न पनि सम्बन्धित संस्थाहरूलाई अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयको बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
मंगलबार, जेठ १२, २०८३
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
मंगलबार, जेठ १२, २०८३
सरकारको निर्णयप्रति डा. गोविन्द केसी असन्तुष्ट, सत्याग्रहसम्म जाने चेतावनी
मंगलबार, जेठ १२, २०८३

